वित्तीय साक्षरता कक्षा सञ्चालनका लागि समिति गठन

असल शासन प्रतिनिधि

नेपालगन्ज । खजुरा गाँउपालिका वडा नम्बर ८ मा वित्तीय साक्षरता कक्षा सञ्चालन तथा व्यवस्थापनकालागि समिति गठन गरिएको छ ।
वडामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नको लागि ५ सदस्सीय व्यवस्थापन समिति गठन गरिएको हो । परियोजनाका बित्तिय साक्षरता सहजकर्ता श्रद्धा देवकोटाले सहजिकरण गरेको कार्यक्रममा वडा सदस्य समसुल्ला पठानीको उपस्थिती रहेको थियो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खजुरा गाँउपालिकाको सहकार्यमा ईन्रुडेक कोहलपुरले सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत सो कार्यक्रम भएको हो । सो परियोजनाको प्राविधिक सहयोग हेल्भेटास नेपालले गर्दै आएको छ । कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech