छोरीका लागि छोरी नै अभियान बैतडीमा भुबी

असल शासन प्रतिनिधि

बैतडी । भुबी बिष्टको संयोजकत्वमा छोरीका लागि छोरी नै अभियान जिल्ला समिति गठन भएको छ । पिछिडिएका महिला तथा बालबलिकाहरुको क्षेत्रमा काम गर्ने उद्धेश्यले स्थापना भएको छोरीका लागि छोरी नै अभियान बैतडीमा बिस्तार भएको हो। कार्तिक २५ गते मंगलबार बैतडीको पाटन नगरपालिकामा भएको किशोरीहरुको भेलाले अभियानको संयोजकमा भुबी बिष्ट, सह–संयोजकमा कुन्ती भट्ट, सचिवमा निर्मला टेर, सहसचिवमा कमला चन्द, कोषाध्यक्षमा जयन्ती अवस्थीलाई चयन गरेको छ । यसैगरी अभियानको सदस्यमा भागरती भट्ट, पशुपती पाण्डेय, दिपिका भट्ट र रजिना टेलर लाई चयन गरेको छ ।
आगामी दिनमा अभियानलाई थप सशक्त बनाउदै बैतडीका पालिकामा समेत पालिकास्तरीय समिति बिस्तार गर्ने अभियानका संयोजक भुवि बिष्टको भनाई थियो ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech