पुनः बढ्यो सिडियो कुरुम्बाङ्को सक्रियता

असल शासन प्रतिनिधि

बाँके/ कोरोना संक्रमणबाट मुक्त भएको केही दिन नबित्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्को सक्रियता बढेको छ ।

होम आईसोलेसनबाट डिस्चार्ज भएको हप्ता दिन नबित्दै प्रजिअ कुरुम्बाङ्को सक्रियता पूर्ववत तरिकाले बढेको हो । उनी जिम्मेवारीमा फर्के लगत्तै नियमित कार्यमा व्यस्त हुनुका साथै कोरोना नियन्त्रण र व्यवस्थापनमा अग्रसर भइरहेका छन् । उनले मङ्गलवार मात्र जिल्ला कोभिड नियन्त्रण तथा व्यवस्थापन समितीको बैठक बोलाई तिहारमा देउसी, भैलोमा रोक लगाउने, भिडभाड कम गर्न पहल गर्ने, स्वास्थ्य सचेतनाका कार्यक्रम संचालन गर्ने लगायतका निर्णय गरिसकेका छन् । मङ्गलवार मात्रै भेरी अस्पतालमा कोभिडको कारण ज्यान गुमाउनेहरुको शव र्यापिङ्ग र शव व्यवस्थापनमा आफै खटिरहेको तस्वीर भाइरल बनिरहेको छ ।

ईन्टिग्रेटि आईडल २०१८ का बिजेता कुशल प्रशासकको छबि बनाएका प्रजिअ कुरुम्बाङ पिसिआर परीक्षण लगायतका कार्यमा सक्रिय भएका छन् । बिभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा असल, समन्वयकारी, बिकास प्रेमी, सदाचारी प्रजिअको परिचय बनाई जिल्लावासीको मन जित्न सफल कुरुम्वाङले बर्दियालीहरुको अपार मन जितेका थिए । १ बर्ष अघि बर्दियाबाट स्याङ्जा जिल्ला प्रशासन सरुवा भएका उनलाई कोरोना कहर बढिरहँदा समेत चुस्त व्यवस्थापन हुन नसके पछि गृहले सहसचिवको दरबन्दि रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सहसचिव कुमार बहादुर खड्कालाई गृह फिर्ता बोलाई उपसचिव स्तरका कुरुम्वाङलाई बाँके पठाएको थियो ।

२०७७ जेष्ठ २० गते बाँकेमा हाजिर भएका उनले अनवरत रुपमा कोरोना नियन्त्रणका लागि फिल्डमैं खटेर काम गरिरहेका छन् । कार्यालयमा हाजिर भएकै दिन कोरोना नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञ थप गरेर कुरुम्वाङले काम शुरु गरेका थिए । हाजिर भएकै पछिल्लो दिन कोरोनाको ईपि सेन्टरको रुपमा रहेको नरैनापुर पुगि व्यवस्थापनका लागि समन्वय गरेका थिए । तत्पश्चात उनले बाँकेका सबै पालिकामा रहेका क्वारेन्टाईन, आईसोलेसनहरुमा पुगि सुधारका लागि पहल गरेका थिए । निषेधाज्ञ पालनाका लागि आफै सडकमा गएर आम नागरिकलाई सम्झाउने देखि, सचेतनाका लागि प्ले कार्ड बोकेर सडक र्याली गर्ने, सरोकारवालाहरुसँग समन्वय गर्ने कार्यमा उनले देखाएको सक्रियता निरन्तरता अरुका लागि प्रेरणादायी छ ।

हरेक दिन छिन, छिनमा सामाजिक सञ्जालमा बाँकेको कोरोना अपडेट सार्वजनिक गर्ने, सरोकारवालाहरुलाई एसएमएसका माध्यमबाट सूचना दिने प्रजिअ कुरुम्वाङ पिसिआर परीक्षण देखि बिरामीहरुको क्वारेन्टाईन, आईसोलेसनमा व्यवस्थापन र दिवंगत भएकाहरु शव व्यवस्थापनमा समेत आफै खटिन्छन्, बाँकेमा कोरोनाका कारण निधन भएका सबै जसोलाई अन्तिम श्रद्धाञ्जली दिन उनी आफै पुग्ने गरेका छन् ।

हाल प्लाज्मा बिधिबाट भईरहेको उपचारका क्रममा रगत खोज्ने र भेरी अस्पताल भित्र बनेको कोभिड बिशेष बेडहरुको व्यवस्थापनमा समेत उनको निकै सक्रियता रहेको थियो । कोरोना कहरको नियन्त्रण र उचित व्यवस्थापनका लागि अहोरात्र खटिएका प्रजिअ कुरुम्वाङले बाँके जिल्लामा बर्षाैं देखि चलिरहेका अवैध क्रसर उद्योगहरु बन्द गर्ने हिम्मतिलो निर्णय लिएका थिए । सार्वजनिक जग्गा व्यक्तिका नाममा गर्ने गिरोहलाई समेत नछाडेका उनले असहज परिस्थितीमा रहेका सुत्केरीहरुको उद्धार गर्ने काम समेत गरेका छन् । हरेक क्षेत्रमा सक्रियताका साथ काम गरिरहेका प्रजिअ कुरुम्वाङ अन्य प्रजिअहरुमा जस्तो परम्परागत धङधङि छैन । असाध्यै सामान्य, लो प्रोफाईलमा जनताको सेबकको रुपमा काम गर्ने भएकै कारण उनी चर्चित र लोकप्रिय छन् ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech