जनचेतना जगाउदै वालवालिका

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० मा वाल क्लब सञ्जालले सचेतना मुलक सडक नाटक प्रर्दशन गरेको छ ।
बालवालिका संगठित भई वडामा विभिन्न काम गर्दै आएको सगरमाथा वाल क्लब मनिकापुरले वाल विवाह तथा बलत्कार बिरुद्ध सचेतना मुलक नाटक प्रर्दशन गरेको हो । पछिल्लो सयम वाल विवाह बिरुद्ध कार्यक्रमहरु हुदै आएको भएपनि अझै वाल विवाह उन्मुलन हुन नसकेको अवस्थामा वाल क्लबका पदाधिकारीहरु स्वयम् यस बिरुद्ध जनचेतना जगाउन थालेका हुन् । यसैगरी वालवालिका माथि हुने विभिन्न खाने हिंसा तथा बलत्कार बिरुद्ध नाटक प्रर्दशन गरिएको वडा नम्बर २० कि नविना देवकोटाले असल शासन डटकमलाई बताईन् । उनले वडामा वाल विवाह र बलत्कार जस्ता जगन्य अपराध विरुद्ध वाल क्लब मार्फत नियमित जनचेतना मूलक कार्यक्रम सञ्चालन भईरहेको बताईन् । नाटक बासको सहकार्यमा भएको थियो ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech