आईपिएल–२०२० को उपाधि मुम्वईलाई

पाँचौ पटक मुम्वईलाई उपाधि, दिल्ली ५ विकेटले पराजित

असल शासन प्रतिनिधि

नेपालगन्ज । साविक विजेता मुम्बई इन्डियनले पाँचौ पटक चर्चीत क्रिकेट प्रतियोगिता आईपिएलको उपाधि हात पारेको छ । कार्तिक २५ गते दुवईमा भएको आईपिएलको फाईनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्वईले आईपिएल २०२० को उपाधि चुमेको हो ।
विश्वभरीका क्रिकेट फ्यानहरुले प्रतिक्षा गरिरहेको फाईनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दुबई स्थित इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीका लागि कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित अविजित ६५ रन जोडेका थिए यसैगरी विकेटकिपर ब्याट्स म्यान ऋषभ पन्तले ३८ बलमा ४ चौका र २ छक्का सहित ५६ रनको योगदान दिएका थिए । दिल्लीले प्रस्तुत गरेको १ सय ५७ रनको विजयी लक्ष्य मुम्बईले १९ औं ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । निकै महत्वपूर्ण फाईनलमा मुम्वईलाई जित दिलाउन कप्तान रोहित शर्माले ५१ बलमा ५ चौका र ४ छक्का सहित ६८ रनको योगदान दिएका थिए यसैगरी ब्याट्सम्यान ईशान किशनले १९ बलमा ३ चौका र १ छक्का सहित अविजित ३३ रन, क्विन्टन डी ककले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए भनहार्दिक पान्ड्याले ५ बलमा ३ रन जोड्दै जितका लागि १ रन बाँकी रहँदा क्याच आउट भएका थिए । मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने जयन्त यादवले ४ ओभरमा २५ रन खर्चेर १ विकेट र नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिएका थिए । लगातार दोश्रो बर्ष उपाधि जित्न सफल मुम्वईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

 

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech