नेगेटिभलाई पोजेटिभ बनाउन खोज्ने तीन पक्राउ

असल शासन प्रतिनिधि

बाँके/कोरोनाको पीसिआर रिर्पोट नेगेटिभलाई पोजेटिभ बनाउँदै आएको आरोपमा भेरी अस्पतालबाट तिन जना कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो २ बजेतिर अस्पतालमा छापा मारि पीसिआर रिर्पोट नेगेटिभलाई पोजेटिभ बनाउन संलग्न रहेको आशंकामा अस्पतालमा कार्यरत तीन जना कार्यालय सहयोगी सुरक्षा गार्ड कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुरक्षा गार्ड विवेक अधिकारी, बद्री खनाल र बासुदेव जोशी रहेका छन् । पीसीआर परीक्षणका लागि सिफारिसपत्रमा किर्ते गरेको पक्राउ परेकामाथि आरोप छ ।

पक्राउ परेका कर्मचारी र संलग्नहरुमा अनुसन्धान बाँके प्रहरीले सुरु गरिसकेको छ ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech