चलिरहेको स्कुटरमा आक्रमण, युवा नेतृ घाईते

असल शासन प्रतिनिधि

बाँके/नेपाली काङ्ग्रेस बाँकेकी युवा नेत्री महिला संघ कोहलपुर नगरकी कोषाध्यक्ष दिपा बस्नेत माथि साँघातिक आक्रमण भएको छ ।

सोमवार नेपालगन्ज देखि कोहलपुर जाने क्रममा साँझ पख जानकी गाउँपालिकाको गनापुरमा पर्ने पिप्रहवा नजिक उनी माथि अज्ञात समूहले आक्रमण गरेको बताईएको छ ।

चल्दा, चल्दै गरेको स्कुटीलाई पछ्याउँदै मोटरशाईकलमा आएका दुई जनाले घाँटीको सिक्रि थुत्दा स्कुटी पल्टेको पीडितको भनाई रहेको छ ।

स्कुटीमा कोहलपुर गईरहेको बेला उनी माथि आक्रमण हुँदा उनको खुट्टा फ्याक्चर भएको छ भने अनुहारमा समेत चोटपट लागेको छ । यस बारे प्रहरीले घटनाको बिषयमा छानविन गरिरहेको बताएको छ ।

 

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech