सामाजिक सेवा विमोचन

असल शासन प्रतिनिधि

नेपालगन्ज । गैर सरकारी संस्था महासँघ नेपाल बाँकेद्धारा प्रकाशित सामाजिक सेवा नामक स्मारिका आज बिमोचन भएको छ ।
गैर सरकारी संस्था महासँघ बाँके शाखाको आयोजनामा आज नेपालगन्जमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र उप प्रमुख उमा थापा मगर लगायत अतिथीहरुले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।
बाँके जिल्लाको सामाजिक सेवाको अवस्था, ईतिहास, विभिन्न संघ संस्थाहरुले निर्वाह गरेको भूमिका लगायतका बिषयमा स्मारिका केन्द्रीत रहेको छ ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले गैसस महासँघले जिल्लामा सबैको मन जित्ने गरी काम गरेको बताए । बाँकेमा गैरसरकारी संस्थाहरुले उत्कृष्ट कार्य गरिरहेको उनको भनाई रहेको थियो । उनले गैसस महासँघ नेपाल बाँके शाखासँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता गरे ।
यसैगरी कार्यक्रमका अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगरले गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखाको ईतिहासमा नै पहिलो पटक स्मारिका प्रकाशन गरेकोमा खुसी ब्यक्त गरिन् ।
गैसस महासँघ बाँकेले उत्कृष्ट कार्य गरि रहेको भन्दै आगामी दिनमा थप सक्रिय भई काम गर्न अपिल उनले गरिन् ।
कार्यक्रममा गैसस महासँघका पूर्व अध्यक्ष तथा सल्लाहकार पूर्ण लाल चुके, तेज बिक्रम शाह, संबिधानसभा सदस्य महासंघकी सल्लाहकार मैमुना सिद्धिकी र राष्ट्रिय अपांग महासँघ नेपाल लुम्बीनी प्रदेशका अध्यक्ष देबि दत्त आचार्यले स्मारिका बारे बोलेका थिए ।
गैसस महासँघ बाँके शाखाका सचिब आशिष बर्माले सञ्चालन गरेको विमोचन कार्यक्रममा पुस्तकका बारेमा गैसस महासँघ नेपाल बाँँकेका अध्यक्ष नमस्कार शाहले जानकारी दिएका थिए । कार्यक्रममा ५० बढि विभिन्न संघसस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech