कोहलपुरमा सल्लाहकार समिति बैठक

अपाङ्गताका सवालमा सरकारले ध्यान दिनुपर्नेमा जोड

असल शासन प्रतिनिधि

नेपालगन्ज । अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य तथा रोजगारीमा सरकारले ध्यान दिनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
अपाङ्ग सशक्तिकरण एंव संचार केन्द्र डेक नेपालको जिल्ला स्तरीय समन्वय परियोजना सल्लाहाकार समितिको बैठकमा सहभागिहरुले यस्तो बताए हुन । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको सभापतित्वमा कार्तिक २६ गते कोहलपुरमा भएको कार्यक्रममा बोल्ने सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि डेक नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनीहरुले संस्थाले गरेको काममा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
नेपाल अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सचिव भावुक जंग थापाले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा स्थानीय सरकार अझै फराकिलो बन्नु पर्ने बताएका थिए । उनले शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष जोड दिन स्थानीय सरकारका अधिकारीहरुसँग आग्रह गरे । कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, नेपालगन्ज उप–महानगरपालिकाका उप प्रमुख उमा थापामगर, खजुरा गाँउपालिकाका उपाध्यक्ष एकमाया विक, बैजनाथ गाँउपालिकाका उपाध्यक्ष शारदा विक, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहल गायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण डेक नेपालका कार्यक्रम संयोजक जीवन गिरीले गरेका थिए ।

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech