बास स्मारिका २०७७ विमोचन

असल शासन प्रतिनिधि

नेपालगन्ज । भ्रष्टाचार गरेर तक्मा पाउने संस्कार बदलेमा मात्रै समाजमा सुशासन कायम हुने नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले बताएका छन् ।
बासको बार्षिक प्रकाशन बास स्मारिका २०७७ को आज विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राणाले यस्तो बताएका हुन । कार्यक्रमका बिच नगर प्रमुख राणा, उप प्रमुख उमा थापा मगर, उद्योगि किरण कार्की, बेवारिसे शब व्यवस्थापन तथा पूर्नजिवन केन्द्रका केन्द्रीय अध्यक्ष बिनय जंग बस्नेत, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, बासका कार्यकारी निर्देशक नमस्कार शाहले संयुत्त रुपमा स्मारिकाको बिमोचन गरेका हुन् ।
नेपालगन्जमा भएको स्मारिका बिमोचन कार्यक्रममा मेयर राणाले सुशासन बहालीका लागि बासले देश ब्यापी रुपमा गरिरहेको अभियान निकै सह्रानिय भएको बताए । केही खराव नेतृत्वका कारण देशमा भ्रष्टाचारीले प्रश्रय पाईरहेको भन्दै नेतृत्वमा राम्रो मान्छे आएमा मात्रै देश परिवर्तन हुने जनाए । कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि तथा नेपालगन्ज उप–महानगरपालिकाका उप प्रमुख उमा थापा मगरले बास युवाहरुका लागि अवसर भएको बताईन् । उप–मपहानगरपालिकाले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता खोजेको भन्दै सबैले त्यसमा हातेमालो गर्न अपिल गरिन् । सुशासनका लागि युवाहरुको अग्रसरता जरुरी रहेको उनको भनाई थियो । कार्यक्रमका अतिथि आर्शिबाद पेन्टसका प्रबन्धक किरण कार्कीले बासले सामाजिक रुपान्तरणका लागि गरेको कार्यले निकौ प्रभावित बनाएको बताए । उनले बासको अभियानमा साथ र सहयोग गर्ने समेत प्रतिबद्धता गरे ।
बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले संचालन गरेको कार्यक्रममा स्वागत बासका निर्देशक हेमराज भट्टले गरेका थिए । बास स्मारिका २०७७ को बारेमा जानकारी बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

 

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech