गजल

सविना भाट, कन्चनपुर

कुनै पलमा दुश्मनहरुको शान नहोस् फेरि ।
कैयौ सहिदका सपना अवशान नहोस् फेरि।

भोको पेट बस्नुपर्ने दिन आउदा कसैलाइ
आफैले पठाएको नेता अन्जान नहोस् फेरि।

पराईले आँगनमा किला गाडी मिच्न खोज्दा
सरी मित्र भन्दै पराईको बखान नहोस् फेरि

लुटिए कैयौ नारी जोगिदै हिन्न गार्हो भयो
आफ्नै छोरा बलत्कारी सम्मान नहोस फेरी ।

कालो चस्माधारी समाज लत्याएर हिन्नु पर्छ,
कुपर्थालाई सस्कार भन्ने अडान नहोस् फेरि ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech