बेवारिसेका सारथी बिनयजंग

जिवनको अनुभवले बनायो युवालाई भावुक

असल शासन प्रतिनिधि

नेपालगन्ज/बासको लोकप्रिय युवा लक्षित कार्यक्रम ईन्स्पाईरिङ्ग युथको १९६औं श्रृखला नेपालगन्जमा सम्पन्न भएको छ ।
सफलताको कथामा केन्द्रीत शुक्रबारको श्रृखलामा बेवारिसे शब व्यवस्थापन तथा पूर्नजिवन केन्द्रका केन्द्रीय अध्यक्ष बिनय जंग बस्नेतले आफ्नो सफलताको कथा आदानप्रदान गरेका थिए । आफ्नो जिवनको अनुभव सुनाउदै बस्नेतले ब्यक्तिगत घमण्डका कारण जिवनको उर्जाशिल समय खेर फालेको बताएका थिए । सम्पन्न परिवारमा जन्मिएको भएपनि गलत बाटोमा लागेका कारण सबै आफन्त गुमाएको पिडा उनले सहभागिहरु माझ राखेका थिए । परिवारका सदस्यहरु टाढा हुनु र बुवाको निधन वेवारिसे भएको घट्नाले जिवनमा गलत बाटो लाग्नुको असह्य पिडाको अनुभूति गरेको उनको भनाई थियो । आफ्नो विगतको स्मरण गर्दै गर्दा निकै भावुक भई कार्यक्रमकै बिच आसु झारेका बस्नेतको त्यो पेचिलो अनुभवले सहभागि युवाहरु समेत भावुक बनेका थिए । उनले बुवाको दुःखद निधन पछिको वेवारिसे लासहरुको अवस्था हेरेपछि वेवारिसेको ब्यवस्थापन गर्ने प्रतिबद्धताका साथ काम शुरु गरेको बताएका थिए । सबैले घृणा गरेको फोहोरसँग म काम गर्छु तर म मेरो काम प्रति गर्व गर्छु अहिलेको कामको बारेमा बोल्दै निकै आत्म विश्वसका साथ उनले भने । कुनैपनि ब्यक्तिको असफलता उसमा भएको घमण्ड र विश्वासघात को उपज भएकोले आफूप्रति घमण्ड र अर्काको विश्वसघात कहिले पनि नगर्न उनले सहभागि युवाहरुलाई अनुरोध थियो । हाल देशै भरी वेवारिसे लासहरुको ब्यवस्थापनमा लागि परेको बताउने बस्नेतले विगत निकै कष्टकर भएपनि कोही नभएकाहरुको सारथी बन्न पाएकोमा खुसी रहेको बताएका थिए । सोही क्रममा बेवारिसे शब व्यवस्थापन तथा पूर्नजिवन केन्द्र बाँकेका अध्यक्ष पुजा विश्वकर्माले आफ्नो अनुभव सुनाएकी थिईन् । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, महासचिब शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्टको उपस्थितीमा भएको कार्यक्रममा ३५ बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बासका जनसम्पर्क अधिकृत मुना बिष्टले गरेका थिए ।

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech