घरघरमा दिपावलीको रमझम आज लक्ष्मी भित्र्याईदै

असल शासन प्रतिनिधि

नेपालगन्ज । झिलिमिलिको पर्व यमपञ्चक अन्तरगत आज घरघरमा धनधान्यकी देवी लक्ष्मी पूजा आराधना गरी मनाईदै छ ।
दिपावलिको निकै महत्वपूर्ण दिनको रुपमा मानिने लक्ष्मी पुजाको दिन घरमा लक्ष्मी भित्र्याउन घरलाई लिपपोत गरि सफासुग्घर पारिन्छ । दिनभरी घरको सरसफाई गरिसकेपछि आज साझँ घरको आगन देखि मूलढोका हुदै लक्ष्मीको आगमन हुने विश्वासका साथ घरमा दिपावलीसँगै झिलिमिलि गरिन्छ भने घरमा लक्ष्मीको पाइला बनाएर लक्ष्मीको बाटो बनाउने गरिन्छ । घरैभरी भिलिमिलि दियो, मैनबत्ति तथा झिलमिल बत्ति बालेपछि घरमा विधिवत रुपमा लक्ष्मीको पुजा आराधना गर्ने चलन छ । लक्ष्मीको पुजा गरी कलश गणेशको स्थापना गरि पैसा, गरगहना, चामल, फलफूल, सेलरोटी, लाउ, मिश्री लगायत चढाउने गरिन्छ । जुन घर सफा र उज्यालो भयो त्यो घरमा लक्ष्मीले प्रबेश गर्ने मान्यता रहेको छ ।
दिपावलीको अवसरमा आज देखि भैलो खेलिन्छ । यो बर्ष कोरोना महामारिको सक्रमणका कारण प्रशसनले समूहमा भेला भएर भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।
विगतका बर्षहरु भन्दा फरक यस बर्ष आज कै दिन कुकुर तिहार परेको छ । नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि तिथिको घटबढका कारण आज नै घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाईदैछ ।

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech