पुजारी हत्या आरोपमा भारतीय नागरिक पक्राउ

असल शासन प्रतिनिधि

नवलपरासी– नवलपरासीको सुस्ता गाउँपालिकामा भएको पुजारीको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले नवलपरासीको प्रतापपुरबाट भारतीय नागरिक २१ वर्षीय धनञ्जय मौर्यलाई पक्राउ गरेको हो।

गत कात्तिक ९ गते दिउँसो ३ बजे  सुस्ता गाउँपालिका वडा नम्बर ४ पश्चिम टाँडीमा ७२ वर्षीय पुजारी महँगु केवट मृत अवस्थामा फेला परेका थिए। धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। मृतकको छोरीबाट अभियुक्त मौर्यकोको पहिचान गरी पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। मौर्यले मौखिक बयानबाट पुजारीको हत्या स्वीकार गरेको प्रहरीको दाबी छ।

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech