पटका पड्काउने ४१ जना प्रहरी फन्दामा

असल शासन प्रतिनिधि

विराटनगर–प्रहरीले पटका पड्काउने ४१ जनालाई नियन्त्रणमा लिएको छ। मोरङका विभिन्न स्थानबाट ४१ जनालाई नियन्त्रणमा लिएको हो । सम्भावित आगजनी तथा अन्य घटना रोकथाम तथा नियन्त्रणका लागि  पटका बिक्री वितरण, ओसारपसार एवम पड्काउन निरुत्साहित गरिरहेको अवस्थामा पटका, आतिसबाजीलगायत पटकाजन्य पदार्थ पड्काई समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

 

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech