बाबुको चक्कु प्रहारबाट ११ वर्षीय छोराको मृत्यु

असल शासन प्रतिनिधि

बुटवल–शेरबादुर गुरुङले गरेको चक्कु प्रहारबाट आफ्नै छोराको ज्यान गएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहारबाट आफ्ना ११ वर्षीय छोरा पदमबहादुरको हत्या गरेका हुन् । घटना शनिबार भएको हो ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । त्यसक्रममा छोरा पदमबहादुरले प्रतिकार गरेपछि शेरबहादुरले छोरामाथि नै चक्कु प्रहार गरेका थिए । चक्कु लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

 

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech