नेपालगञ्जका दुई स्थानमा भिषण आगलागी

करोडौंको क्षति

असल शासन प्रतिनिधि

 नेपालगञ्ज/भाईटिकाको अघिल्लो दिन नेपालगञ्जको दुई स्थानमा भिषण आगलागी भएको छ ।

नेपालगञ्जको बि.पी. चौक र न्यूरोडमा आईतवार बेलुकी एकै समयमा आगलागी भएको हो ।

प्रहरीका अनुसार, आईतवार बेलुकी ९.१० बजे बि.पि. चौक स्थित न्यू स्टार सिरक सप्लायर्स र बेलुकी ९.१० बजे नेपालगञ्जको न्यूरोडमा रहेको सद्भाव प्रिन्टिंग प्रेसमा आगलागी भएको हो ।

बिपि चौकमा रहेको असलम सिद्धिकीको घर बहाल लिई मोहम्मद हुसैनले सञ्चालन गरेको न्यू स्टार सिरक सप्लायर्समा बेलुकी एक्कासी आगलागी भएको थियो । आगलागीको कारण नखुले पनि आगलागीबाट पसलको कपास स्टोरमा रहेका सिरक, डसना लगायतका सम्पूर्ण सामाग्रहरु जलेर नष्ट भएका थिए ।

उता पुरन तमौलीको घर बहालमा लिई दामोदर भण्डारीले सञ्चालन गरेको सद्भाव प्रिन्टिंग प्रेसमा बिद्युत लाईन सर्ट भई आगलागी भएको थियो । आगलागीबाट प्रेसका सम्पूर्ण सामाग्री नष्ट भएका छन् । १३ बर्स देखिको लगानी र दुःख, गय राती भएको आगलागिबाट ध्वस्त भयको प्रेस सञ्चालक, पत्रकार दामोदर भण्डारीले बताएका छन् ।

दुबै स्थानमा संग, सँगै आगलागी हुँदा आगलागीलाई नियन्त्रणमा ल्याउन समस्या भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाँग, बाँके प्रहरी प्रमुख ओम बहादुर खड्का लगायतको अथक प्रयास र समन्वयमा दुबै स्थानको आगलागी करिव दुई घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो ।

बाँके र बर्दियाका ६ वटा दमकल, नेपाली सेना, सशस्त्र, जनपथ प्रहरी र स्थानीयहरुको अथक प्रयास पछि नियन्त्रणमा आएको बाँकेकोृ प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाँगले बताए ।

आगलागीबाट दुबै स्थानमा करोड बढिको क्षति भएको बताईन्छ ।

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech