नेकपा सदस्य चन्द्र भुसालको निधन

असल शासन प्रतिनिधि

बाँके/कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको निधन भएको छ ।

नेकपा बाँकेका जिल्ला कमिटी सदस्य भुसालको कोरोना संक्रमणबाट मंगलबार बेलुका नेपालगन्जमा निधन भएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर ५, तिनघरुवा बाँके निवासी ५८ बर्षीय नेता भुषालको कोरोना आशंकामा कात्तिक २९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षण गर्दा कार्तिक ३० गते उनमा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भए पश्चात होम आइसोलेसनमा बसेका नेता भुसाललाई श्वासप्रश्वासमा समस्या आएपछि मंगलवार बिहान ८ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा रोगको प्रकृति अनुसार गरिनुपर्ने सम्पूर्ण उपचार गर्दा, गर्दै उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि मंगलबार साँझ भेरी अस्पताल नेपालगन्जमा ल्याइएको, अस्पतालमा भर्ना गरि उपचार शुरु हुन नपाउँदै उनको साँझ ५ः१५ बजे निधन भएको बाँकेका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनीसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ ।

  • २ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech