कार्यढाँचा अनुसार बिद्यालय सञ्चालन गर्न अनुमती

असल शासन प्रतिनिधि

नेपालगन्ज । शिक्षा विकास तथा समन्वय विकास ईकाई बाँकेले जिल्ला स्थित शैक्षिक संस्था सञ्चालन गर्न सूचना जारी गरेको छ ।
शिक्षा विकास तथा समन्वय विकास ईकाई प्रमुख राम सुरेश यादबद्धारा हस्ताक्षरित सूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ अनुसार गर्न गराउन बिद्यालयहरुलाई अनुरोध गरेको छ ।
कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्न पर्याप्त प्रकाश र हावा आवत–जावत हुने कक्षाकोठा हुनुपर्ने, विद्यालय व्यवस्थापन समितिले शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी तथा अभिभावकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, भौतिक दुरी कायम गर्नु पर्ने, त्यही अनुसार खाजा व्यवस्थापन गर्नु पर्ने उल्लेख छ । स्थानीय तहले विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, हात धुने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराउन व्यवस्थापन गर्नुपर्ने भनीएको छ ।
यसरी बिद्यालयहरुलाई कार्यढाँचा अनुसार बिद्यालय संचालन गर्न शिक्षा तथा समन्वय विकास ईकाईले सूचना जारी गरेसँगै सो मापदण्ड पुरा गरि बिद्यालय सञ्चालन गर्न शैक्षिक संस्थाहरुको बाटो खुलेको छ । कोरोना भाईरस सक्रमण बढी रहेको अवस्थामा कार्यढाँचा अनुसार बिद्यालय सञ्चालन गर्न सहज भने नहुने सरोकारवालाहरु को भनाई रहेको छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech