कोभिड- १९ संकट व्यवस्थापन केन्द्रलाई सहयोग

असल शासन प्रतिनिधि

     बाँके/गैर सरकारी संस्था महासंघ नेपाल, बाँकेको संयोजनमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई पिपिई सेट सहयोग गरिएको छ ।

महासंघको संयोजनमा बिभिन्न संघ, संस्था तथा कम्पनिहरुले सहयोग हस्तान्तरण गरेका हुन् ।

कोरोना व्यवस्थापन तथा नियन्त्रणका लागि कोभिड अस्पताल तथा आईसोलेसनहरुमा पिपिई सामाग्री अभाव भएको जानकारी भएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको अनुरोधमा महासंघ सहयोग संयोजनका लागि अग्रसर भएको हो ।

बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारीहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।
केन्द्रलाई अप्टिमिस्ट क्लब अफ नेपालगञ्जले १५ थान, रोटरि क्लब सेन्ट्रल अफ नेपालगञ्जले ५० थान, बि ग्रुप नेपालगञ्जले १०० थान, आशिर्वाद पेन्ट्सले २० थान र एचसिआरसि हस्पिटलले २० थान सहयोग प्रदान गरेका छन् ।

केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाँग, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा, भेरी अस्पताल नेपालगञ्जका प्रमुख डाक्टर प्रकाश थापा, भेरी अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताल, लुम्विनी प्रदेशका प्रदेश सदस्य आई.पि. खरेल लगायतले सहयोग ग्रहण गरेका थिए ।

अप्टिमिस्ट क्लबका अध्यक्ष रमेश सिटौला, रोटरि क्लब सेन्ट्रल अफ नेपालगञ्जका अध्यक्ष पुरन थारु, माधवी शाह, खड्क बोहरा, बि ग्रुपका सचिव टेक बहादुर पुन, निर्देशक डम्मर सुनार, एचसिआरसि हस्पिटलका अध्यक्ष डाक्टर कुमार शान शाह र आशिर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्कीले पिपिई सहयोग हस्तान्तरण गरेका थिए ।

५ लाख बरावरको सहयोग गरिएको गैसस महासंघ नेपाल, बाँकेका सचिव आशिष बर्माले जानकारी दिएका छन् । कार्यक्रमको संचालन महासंघका अध्यक्ष नमस्कार शाहले गरेका थिए ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech