नेपालगञ्जमा अप्टिमिस्ट क्लब, अध्यक्षमा सिटौला

असल शासन प्रतिनिधि

बाँके/आशा र सकारात्मक दृष्टिकोणलाई बढवा दिने उद्धेश्यले संसार भर क्रियाशिल अप्टिमिस्ट क्लव नेपालगञ्जमा पनि गठन भएको छ ।

आशावादी सोचले असल युवा, असल समुदायका साथै समाजमा अग्रगामी रुपान्तरण ल्याउँछ भन्ने सोचका साथ अन्तराष्ट्रिय स्तरमा स्वयंसेवि संस्थाको रुपमा स्थापित अप्टिमिस्ट ईण्टरनेशनलमा आवद्ध हुने गरि नेपालगञ्जमा क्लब गठन भएको हो ।

नेपालमा बिराटनगर, दाँग, हेटौंडा, ईलाम, कञ्चनपुर, काठमाण्डौं, ललितपुर, मंगलवा, मोरंग, नवलपरासी, नवलपुर, पर्वत, पोखरामा गरि १६ वटा मात्रै क्लब रहेका छन् ।

१७ औं शाखाको रुपमा स्थापित अप्टिमिस्ट क्लब अफ नेपालगञ्जको अध्यक्षमा रमेश सिटौला सर्बसम्मत चयन भएका छन् ।
क्लबको उपाध्यक्षमा नमस्कार शाह, सचिवमा कमल शाही, कोषाध्यक्षमा किरण कार्की चयन भएका छन् भने निर्देशकमा कुमार अधिकारी, डाक्टर मञ्जु बि.सि. शाह र पूर्ण ढकाल रहेका छन् ।

सदस्यहरुमा लुना बुढाथोकी, मधुसुदन अधिकारी, डा. आर.के झा, रमेश मल्ल, डा. अभिषेक अर्जेल, देबिदत्त आचार्य, दिनेश भण्डारी, गिता खत्री, राम न्यौपाने, नन्दा घिमिरे, यमुना रोकाय, रेखा श्रेष्ठ, प्रभा थापा मगर, पवन आले, खिम प्रसाद घिमिरे, शिबा शाह सिटौला र हंस बहादुर शाही रहेका छन् ।

क्लब स्थापना भएकै अवसरमा क्लबले आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई १५ थान पिपिई सेट सहयोग हस्तान्तरण गरेको छ ।

आशावादको दर्शनलाई बिस्तार र बिकास गर्ने, असल सरकार र नागरिक मामिलाहरूमा आम नागरिकको सक्रियता अभिबृद्धि गर्ने, कानुनको सम्मान गर्ने, मित्रताको बिकास गर्ने, युवाहरुलाई प्रोत्साहन गर्ने, मानवताको भावनको बिकास गर्ने, आत्मनिर्भर समुदायका लागि काम गर्ने यस संस्थाका उद्धेश्यहरु रहेका छन् ।

 

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech