५१ विद्यार्थीमा कोरोना देखिएपछि हुम्ला प्रवेशमा रोक, शैक्षिक संस्था बन्द

असल शासन प्रतिनिधि

नेपालगन्ज– उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बिहीबारदेखि बन्द गरिएको छ भने जिल्ला प्रवेशमासमेत रोक लगाइएको छ । बुधबार हुम्ला जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । जिल्लामा कात्तिक दोस्रो साताबाट सञ्चालनमा आएका स्कुल मंसिर ४ गतेदेखि अर्को व्यवस्था नहुँदासम्म बन्द गरिएको छ भने लुकीछिपी जिल्ला प्रवेश गर्न सक्ने भन्दै सातवटै गाउँपालिका प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँच कडाइ गरिएको छ । जिल्लाभित्र समेत अन्तर्पालिका आवतजावतमा कडाइ गरिएको छ ।

  • ४ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech