नेपालगन्ज । जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएका एक जना थुनुवाले आत्महत्या गरेका छन् । बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर ३ बनकट्टीका बाबुाल रैदासले आज विहान करिब साडे पाच बजेतिर शौचालयमा झुण्डीएर आत्महत्या गरेको बताईएको छ । आत्म हत्या गर्ने रैदास बालक अपहरण तथा हत्या गरेको अभियोगमा हिरासतमा थिए । उनले टाउकोमा बाँधेको कपडाले पासो लगाएर आत्महत्या गरेको प्रहरी श्रोतले जानकारी दिएको छ । अनुसन्धानको क्रममा हिरासतमा रहेको रैदासको आत्महत्या घट्ना बारे थप विवरण बाहिर आएको छैन ।