खजुरा अस्पतालमा सर्जरी सेवा शुभारम्भ हुदै

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँके खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालले निःशुल्क सर्जरी सेवाको आज देखि शुभारम्भ गर्दै छ । यसअघि ओपिडि र किमोथेरापी सेवा सञ्चालन गर्दै आएको अस्पतालले सेवा थप गर्दै सर्जरी सेवा सुरु गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद आचार्यले बताए ।
आज एक कार्यक्रमका बिच संघीय सांसद नन्दलाल रोकायले अपरेशन थियटरको शुभारम्भ गर्ने कार्यक्रम रहेको अस्पतालले जनाएको छ। अस्पतालले दिएको जानकारी अनुसार सेवा शुभारम्भको अवसरमा शरीरमा गाँठा गुठी भएका, मासु पलाएका बिरामीहरुको एक दिन निःशुल्क सर्जरी गरिने छ । अस्पतालमा दैनिक २० जनाको अनुपातमा बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech