बेलडाँडी गाँउपालिकाका वडा अध्यक्ष मृत भेटीए

असल शासन प्रतिनिधि

महेन्द्रनगर । सुदुरपश्चिम प्रदेश कन्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिकाका एक वडाअध्यक्ष मृत भेटीएका छन् । बेलँडाडी गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकाया आज झुण्डिएको अवस्थामा फेला परेका छन्। आज विहान घरबाट मन्दिर जान्छु भनी निश्किएका उनको घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा शब भेटीएको थियो । ५५ बर्षिय वडाअध्यक्ष रोकायाको हत्या भएको हो वा उनले आत्महत्या गरेका हुन भन्ने बारेमा जिल्ला प्रहरी कार्यालयबाट डिएसपीको कमाण्डमा खटिएको प्रहरी टोली घट्ना स्थल पुगी अनुसन्धान गरिरहेको बताईएको छ । घट्नाका थप विवरण आउन बाकि रहेको छ ।

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech