३ लाख २० हजार घुस रकम सहित गिरी र गैरे पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज । मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई अख्तियारले घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
जग्गा नापजाँच गरी पूर्जा बनाइृदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले गिरी र गैरेलाई रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस बापतको रकम ३ लाख २० हजार रुपैया लिईसकेको अवस्थामा घुस रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । पक्राउ परेका गिरी र गैरेको बिषयमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech