क्यान्सर अस्पतालमा सर्जरी सेवाको उद्घाटन

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँके खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सर्जरी सेवाको संघिय सांसद नन्दलाल रोकायले उद्घाटन गरेका छन् ।
यस क्षेत्र कै एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको सो अस्पतालमा किमोथेरापी, जनरल सेवा, ल्याव, भिडियो एक्स रे, सिटिस्क्यान सेवासँगै सर्जरी सेवा शुरु भएको छ ।अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेस सभा सदस्य बाबुराम गौतम, आईपि खरेल, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तब, खजुरा गाउपालिकाका अध्यक्ष तथा अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपति, बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापालगायतको उपस्थिती रहेको थियो । आज सर्जरी सेवा उद्घाटनको अवसरमा निशुल्क सेवा दिएको थियो ।

 

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech