कोरोना संक्रमणबाट थप एकको मृत्यु

असल शासन प्रतिनिधि

बाँके/कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारार्थ बाँके कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ वर्षीया महिलाको शनिवार दिउँसो ३ बजे मृत्यु भएको हो ।

स्वासप्रस्वासमा समस्या आएपछि उनलाई कार्तिक २८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । कार्तिक २९ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि आफन्तको अनुरोधमा उनलाई मंसीर १ गते भेरी अस्पतालमा भर्ना गरि उपचार शुरु गरिएको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापीलगायत सबै उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि उनको शनिवार मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech