लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइने

असल शासन प्रतिनिधि

नेपालगन्ज । लैहिंक सिंसा बिरुद्धको १६ दिने अभियानलाई नेपालगन्जमा विभिन्न कार्यक्रम गरि मनाउने निर्णय भएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको समन्वयमा आज भएको लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान २०७७ तयारी बैठकले अभियानलाई साझाँ रुपमा मनाउने निष्कर्ष निकालेको छ । विगतका बर्षहरुमा पनि लैंगिक हिंसा बिरुद्धको अभियानलाई नेपालगन्जमा भब्य रुपमा मनाउदै आएको नेपालगन्ज उप–महानगरपालिकाले यस बर्ष अनलाईन तथा सञ्चार माध्यम मार्फत मनाउने गरी क्रियाकलापको तयारी गरेको छ । महिला तथा वालवालिका शाखाको अगुवाईमा भएको अनलाईन छलफल पश्चात भर्चुअल अन्तरक्रिया, रेडीयो सन्देस प्रकाशन, रेडीयो अन्तरक्रिया, ब्यानर प्रर्दशन, दिप प्रज्वलन, सेतो रिबन वितरणलगायतका क्रियाकलापहरु सञ्चालन गर्ने निर्णय भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका महिला तथा वालावालिका शाखा प्रमुख महिला विकास अधिकृत शोभा शाहले सहजिकरण गरेको छलफलमा एक्सनएड नेपाल, बास नेपालगन्ज, स्याक नेपाल, माहुरी होम लगायत संस्थाहरुको सहभागिता रहेको थियो । अनलाईन छलफलमा नगर स्तरिय वाल क्लब सञ्जालका पदाधिकारीहरुको सहभागिता रहेको थियो । यस बर्ष लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान मंसिर १० गते देखि २५ गते सम्म लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ः ब्यक्ति समाज र सबैको ऐक्यैबद्धता भन्ने नाराका साथ मनाईदै छ ।

 

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech