नेपालगन्जमा बा–आमा घर आश्रम

असल शासन प्रतिनिधि

नेपालगन्ज । बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन गर्ने पबित्र कार्य गर्दै आएको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र बाँकेले  नेपालगन्जमा कार्यालय उद्घाटन गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका १८ कारकाँदो भुजइगाउँ स्थित बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र बाँके शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बा–आमा घर आश्रम नाम दिइएको कार्यालयको शनिवार एक औपाचारीक कार्यक्रमका बिच भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले पानसमा बत्ति बालेर उद्घाटन गरेका छन् । संस्थाले कार्यालय स्थापना गरेसँगै संस्थागत क्रियाकलापलाई थप ब्यवस्थित गर्दै लैजाने जनाएको छ । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बासका अध्यक्ष सिटौलाले बेवारिसेहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण कार्य भएपनि केन्द्रको सामुहीक सहकार्यले सहज भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्वीनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई, सनलाइफ इन्स्योरेन्सका शाखा प्रमुख कमल शाही, बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय प्रतिनीधी राजु गुरुङले आश्रम सञ्चालनको सफलताको शुभकामना दिएका थिए । संस्थाले छोटो समयमा नै १२ जना बेवारिसेको उद्धार तथा व्यवस्थापन, ३ जनाको उपचार र ४ जनाको शव व्यवस्थापन गरेको छ । संस्थाका सहसचिव पुनम गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन केन्द्रका कार्यकारी निर्देशक भुपेन्द्र बस्नेतले गरेका थिए । सञ्चालीत कार्यालय २५ जना क्षमताको चार कोठे रहेको छ ।

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech