सुर्खेतरोडमा दूर्घटना दुई घाईते चालक फरार

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्ज सुर्खेतरोड स्थित होटल बाटिका अगाडी दुई सवारी एक आपसमा ठोक्कीएर दुर्घटना भएको छ ।
भे १ ज १००० नम्बरको हाईस र अटोरिक्सा एक आपसमा ठोक्कीएर दूर्घटना भएको हो । दूर्घटनामा परि अटोरिक्सा पूर्ण रुपमा क्षतिग्रष्त भएको छ भने हाईस पल्टीएर सामान्य क्षति भएको घट्ना स्थलका प्रत्यक्षदर्शी शुद्ध प्रसाद चौधरीले असल शासन डट कमलाई जानकारी दिए । दूर्घटनामा परि अटोरिक्सामा सवार दुई जना घाईते भएका छन् भने हाईसमा चालक र सहचालक मात्रै रहेको र अध्यारोका कारण दूर्घटना पछि दुबै फरार भएको बताईएको छ । दूर्घटना भएको केही समय पछि घट्ना स्थलमा प्रहरी पुगेको र आवश्यक अनुसन्धान गरिरहेको बताईएको छ ।

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech