बाँकेमा पहिलो दिनको परिक्षा शान्तिपूर्ण

एक जना कोरोना पोजेटिभले दिए परिक्षा

असल शासन प्रतिनिधि

नेपालगन्ज । कोरोना कहरका विच आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा बाँकेमा शान्ति पूर्वक सम्पन्न भएको छ ।
कुल प्रातांकको ४० प्रतिशत मूल्यांकनका लागि शुरु गरिएको परिक्षा बिहान ८ बजेदेखि साडे नौ बजे सम्म डेढ घण्टाका लागि निर्धारण गरिएको थियो । बाँके जिल्लाका २८ सामुदायिक बिद्यालय र २७ निजि बिद्यालयहरुका ९ हजार ८ सय ३४ जना बिद्यार्थी आजको परिक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्वय ईकाइ बाँकेका ईकाइ प्रमुख राम सुरेश यादबले असल शासन डटकमलाई बताए । उनले स्वास्थ्य मापदण्ड पुरा गरी जिल्लामा परिक्षा सञ्चालन भईरहेको र आजको परिक्षा शान्ति पूर्ण रुपमा सम्पन्न भएको बताए । उनले परिक्षा केन्द्रमा अनिर्वा हात धुने, मास्क लगाउने र सेनिटाईजर प्रयोगको ब्यवस्था गरिएको बताए । परिक्षा हलमा समेत भोतीक दुरी कायम गरि बस्ने ब्यवस्था गरिएको बताईएको छ । बाँकेमा परिक्षाका लागि ५२ केन्द्र निर्धारण गरिएको छ ।
उता कक्षा १२ को परिक्षामा देशभरका ४ हजार १ सय ५ परीक्षा केन्द्रमा ४ लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी भएका छन् । कोरोना संक्रमणको जोखिम लाई ध्यानमा राखि भौतीक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पुरा गरेर परीक्षा सञ्चालन गर्न राष्ट्रिय परिक्षा बोर्डले सबै केन्द्रलाई निर्देशन गरिसकेको छ ।
परिक्षा बोर्डका अनुसार यस बर्षको परिक्षा ४० प्रतिशत लिखित मूल्यांकनबाट, ४० प्रतिशत कक्षा–११ को नतिजालाई आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा हुने छ । यस अघि बैशाख ८ बाट सञ्चालन हुने भनिएको परिक्षा कोरोना भाईरस सक्रमणका कारण स्थगित भएको थियो ।
एक जना कोरोना पोजेटिभले दिए परिक्षा
बाँके जिल्लामा एक जना कोरोना पोजेटिभ बिद्यार्थीले परिक्षा दिएका छन् ।
कोरोना पोजेटिभ बिद्यार्थीलाई समेत परिक्षाबाट अलग नगर्न परिक्षा बोर्डले गरेको ब्यवस्था अनुरुप बाँकेमा एक जना कोरोना पोजेटिभ परिक्षार्थीले परिक्षा दिएका हुन् । नेपालगन्ज स्थित जय बागेश्वरी बिद्यालयमा अलग्गै कोठामा सुरक्षित रुपमा ति बिद्यार्थीलाई परिक्षा दिने ब्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय ईकाइले जनाएको छ । पाँच दिन अगाडी कोरोना पोजेटिभ रिपोर्ट आएका ति बिद्यार्थीलाई कोरोनाको लक्षण भने नभएको बताईएको छ ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech