बैतडीमा जीप दुर्घटना, पाँचको मृत्यु

असल शासन प्रतिनिधि

बैतडी/बैतडीमा बस दूर्घटना भएको दुःखद घट्ना बिर्सन नपाउदै पुनः अर्को दूर्घटना भएको छ ।

बैतडीको झुलाघाँटबाट सदमुकाम गोठालापानी आउँदै गरेको ना १ ज २१९६ को जिप बैतडीको बुड्डा भन्ने ठाँउमा करिब अढाई बजे दुर्घटना भएको थियो । दूर्घटनामा परि पाँच जनाको घट्ना स्थलमै मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार दूर्घटना परि मृत्यु हुनेमा दशरथचन्द नगरपालिका वडा नम्बर ५ का ७० बर्षिया पार्वति देबि चन्द, वडा नम्बर ५ का ७७ बर्षिय भगीरथ पाण्डे, वडा नम्बर २ का ५८ बर्षिय कृष्ण लावड, वडा नम्बर ५ का ७२ बर्षियाा पार्वति चन्द र सुर्नयाँ ४ का ७५ बर्षिया कलावती चन्द रहेका छन् ।

जिप दूर्घटनामा परि रविन्द्र चन्द, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट, प्रदिव लावड घाइते भएको बताईन्छ । घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताला बैतडी ल्याइएको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरिक्षक नारायण अधिकारीले जानकारी दिए।

जिप दुर्घटनाको कारण खुलेको छैन । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech