नेपाली चेली सपना विश्वको प्रभावशाली महिलाको सूचिमा

असल शासन प्रतिनिधि

नेपालगन्ज । बिबिसीले सार्वजनिक गर्ने प्रभावशाली महिलाको सूचीमा नेपाली चेली सपना रोका परेकी छिन् । विश्वका विभिन्न शक्तिशाली देशका चर्चीत महिलाहरु अटाउने उक्त सूचिमा यस बर्ष नेपालकी सपना पर्न सफल भएकी छन् । देशको राजधानि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको आर्यघाटमा बेवारिसे शव जलाउने कार्यमा संलग्न सपना रोका मगर बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रसँग आबद्ध छन् । यस बर्ष बिबिसीले सार्वजनिक गरेको १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी छन् । म्याग्दीमा जन्मिएकी सपना ४ वर्ष अघि देखि गैससमा आबद्ध भई बेवारिसे शव व्यवस्थापन गरिरहेकी छिन् ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech