नेपालगन्ज २ मा जनगुनासो ब्यस्थापन बिषयक छलफल

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित सरोकारवालाको उपस्थितीमा जनगुनासो ब्यस्थापन सम्बन्धि वडा स्तरीय अभिमुखिकरण गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा बासद्धारा सञ्चालीत नागरिक सहायता कक्ष (हेल्पडेस्क) कार्यक्रम अन्तरगत सो अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरणको क्रममा बासका श्रोत ब्यक्ति मन भण्डारीले गुनासो ब्यवस्थापनका बिषयमा जानकारी गराएका थिए । यसैगरी वडा न २ का वडा सचिब सुभास पौडेलले वडामा आउने गुनासा र त्यसको सम्बोधनका प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।
बासका हेल्पडेस्क संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा सहभागिहरुले हेल्पडेस्क स्थापना पश्चात सेवाग्राहीहरुको गुनासा कम हुदै गएको बताएका थिए । कार्यक्रममा अध्यवाद ज्ञापन सहित कार्यक्रमको समापन वडा अध्यक्ष सुनिल सिह हमालले गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष सुनिल सिह हमाल, सदस्य धुर्व दाहाल, सदस्य राम कुमार बैश्य, सदस्य आशा बिष्ट, वडा सचिब शुभास पौडेल, नासु खेम राज सुबेदी, लेखापाल उमेश कुमार शाही लगायतको सहभागिता रहेको थियो । बासले वडा कार्यालयको सहयोगमा वडा कार्यालयमा हेल्पडेस्क कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech