जन्मदिनमा परोपकारी कार्य

असल शासन प्रतिनिधि

 

बाँके/क्रियाशिल पत्रकार करुणा शाहले आफ्नो जन्मदिनमा परोपकारी कार्य गरेकि छिन् ।

सञ्चारकर्ममा लोकप्रिय शाहले मंगलबार आफ्नो जन्म दिनमा दुई जना पीडितहरुलाई सहयोग गरेर परोपकारी कार्य गरेकि हुन् । उनले बिगतका बर्षहरु देखिनैं आफ्नो जन्मदिनमा सामाजिक कार्य गर्दै आएकि छिन् ।

ठकुरी पत्रकार समाज बाँकेकी अध्यक्ष, क्रियाशिल पत्रकार समूह बाँकेकी सचिव शाहले आफ्नो जन्म दिनमा डुडुवा गाउँपालिका वडानम्वर ५ डलैपुर निवासी घरेलु हिंसा पीडित महिला हस्ती बराललाई लत्ताकपडा र खाद्यान्न सहयोग गरेकी छिन् ।

शाहले बराललाई ३० किलो चामल, ४ किलो दाल, ३ किलो नुन, ३ प्याकेट सरफ, ३ किलो चिनि, १ किलो चिया पत्ति, ४ लिटर खाने तेल, १ किलो सोयाबिन लगायत ब्रस, मन्जन सहयोग गरेकि हुन् । सहयोग हस्तान्तरणमा बासका कार्यकारी निर्देशक नमस्कार शाहको उपस्थिती रहेको थियो ।

यसैगरी शाहले जन्मदिनकै अवसरमा मार्तडी बाजुरका ६१ बर्षिय अपाँगता भएका व्यक्ति रति थापाको घर निर्माणका लागि पाँच हजार सहयोग गरेकि छन् ।

शाहले खाद्यान्न सहयोग गरेकि बराल डुडुवा गाउँपालिकाकी वडानम्वर ५ डलैपुरकी अस्थाई बासिन्दा हुन् ।

दुई महिला पहिला भेरी अंचल अस्पतालमा नातिनीलाई जन्म दिएकी उनकी छोरी आकृति बराल (नाम परिवर्तन) ले प्रयाप्त आहाराको अभावका कारण स्वास्थ्य समस्या देखिरहेको छ । बेला बेला मुर्छा पर्ने र शरिर पुरै सुन्नीने जस्ता समस्या उनीमा देखिन थालेको छ । एउटै विद्यालयमा अध्ययन गर्ने साथीसंगको माया प्रेमको सम्बन्धबाट गर्भवती भएकी स्मृती बराल हाल १८ बर्ष पुगेकि छन् । गर्भवती भएको कुरा जानकारी पाए देखि फरार रहेका उनका प्रेमी सन्तोष बलामी मगर हाल भारत बेपत्ता भएका छन् ।

सन्तोषका परिवारले छोरा घर नभएको भन्दै अस्विकार गरेपछि सुत्केरी अवस्थामा रहेकि आकृती अलपत्र परेकि छिन् । आमा हस्तीका अनुसार गाउकै विद्यालयमा अध्ययन गर्ने दुबै बिच प्रेम सम्बन्ध रहेछ, सन्तोषले बिवाह गर्ने बचन दिएर शारिरिक सम्बन्ध राखे । सम्बन्ध पछि उनको गर्भमा सन्तोषको बच्चा बस्यो यो कुरा सन्तोषलाई जानकारी गराउँदा आवश्यक सल्लाह दिनुको साटो बहाना बनाएर उनी भागेका थिए ।
सुत्केरी हुुनु पहिले सम्पर्क गर्दा तिहार मनाउन आउने जस्तो कुरा गरेका सन्तोष सुत्केरी भए पछि धेरै पटक मोबाईल सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आएका छैनन् ।

शारिरिक अपांगता भएकि हस्ती ज्याला मजदुरी गरेर जेनतेन परिवार पाल्दै आइरहेकी थिइन । लकडाउनका कारण अहिले त्यो पनि बन्द छ । आर्थिक अभावको ठुलो मारमा परेकी हस्ती ११ बर्ष पहिले श्रीमानले छोरा, छोरीलाई हस्तीको काखमा छाडी कान्छी श्रीमती लिएर भारतमा छिरेका थिए । उनी अहिले सम्म फर्केका छैनन् ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech