बारबर्दियामा भाषणकला

असल शासन प्रतिनिधि

बर्दिया/भेरी बाताबरणीय बिशिष्ठता समूह (बि ग्रुप) को आयोजनामा दुई दिने सार्वजनिक भाषणकला तालिम बर्दियाको बारबर्दिया नगरपालिकामा सम्पन्न भएको छ ।

प्लान ईण्टरनेशनल नेपालको सहयोगमा बि ग्रुपद्वारा सञ्चालित बालिका तथा युवा सशक्तिकरण परियोजना अन्र्तगत सो तालिम बारबर्दियाको बेलवाबज्जामा मंसिर ९ गते सम्पन्न भएको हो ।

मंसिर ८ गते देखि शुरु भएको तालिममा बिभिन्न वडाका १५ जना किशोर, किशोरीहरु सहभागि भएका थिए । तालिममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले सार्वजनिक भाषणकलाका बिबिध बिषयहरुमाख प्रशिक्षण दिएका थिए । तालिममा बाल अधिकार, बाल संरक्षण नीतिका बारेमा बि ग्रुपका कार्यक्रम संयोजक दिनेश चौधरीले सहजिकरण गरेका थिए ।

कार्यक्रमको समापनमा सहभागिहरुले तालिमबाट बोल्ने क्षमता अभिबृद्धि भएको बताएका थिए । समापन कार्यक्रमको सञ्चालन बि ग्रुपकी समिता चौधरीले गरेकि थिईन् ।

यसैगरी मंसिर ६ र ७ गते सोही तालिम बाँकेको खजुरामा सम्पन्न भएको थियो । १५ जना किशोर, किशोरीहरुको सहभागिता रहेको सो तालिमको उद्घाटन खजुरा गाउँपालिका वडानम्वर ४ का अध्यक्ष तिलक बिर सुनारले गरेका थिए ।

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech