सम्पर्क विहिन बनेका डिएसपी युवति सहित रंगेहात समातिए

प्रहरीद्धारा घट्ना ढाकछोपको प्रयास

असल शासन प्रतिनिधि

कैलालि । कार्यालयबाट एकाएक सम्पर्क विहिन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरत बहादुर चौधरी एक युवति सहित रंगेहात पक्राउ परेका छन् ।
मंसिर ९ गते मंगलबार राति ९ बजे सम्पर्क विहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरी नायव उपरीक्षकको नेतृत्वमा चौधरीको खोजीका लागि टोली खटाएसँगै सो बिषयले निकै हलचल मच्चाएको थियो ।
ईलाका प्रहरी कार्यालयका प्रमुख नै बेपत्ता भएपछि सिंगो प्रहरी प्रशासन तनावमा थियो । प्रहरी ईन्चार्ज चौधरीको खोजीमा रातदिन जुटेको प्रहरीले अन्ततः चौधरीको अवस्थाको बारेमा जानकारी प्राप्त ग¥यो । उनको बारेमा जानकारी प्राप्त भएपछि प्रहरी प्रशासन नै लज्जाबोध भएको बताईन्छ । विभिन्न माध्यमबाट कन्ट्रयाक ट्रेसिङमा जुटेको प्रहरीले चौधरी कैलालीबाट केटी लिएर बुढीतोला भन्ने ठाँउमा गएका थिए जानकारी प्रहरीलाई प्राप्त भएको छ । अनुसन्धानमा रहेको प्रहरीले बुधबार बिहान कैलालीको बुढीतोला स्थित एक होटलबाट युवतीसँग रंगेहात समातेको छ । केटीलाई लिएर बाहिर गएको र सो बारेमा अन्यत्र जानकारी नहोस भनेर फोन अफ गरेर युवति लिई बुढीतोला पुगेको श्रोतको दावी छ ।
सिंगो प्रहरीको लागि लज्जाबोध हुने यो घट्ना बाहिर आएपछि त्यसको बचाउमा प्रहरी लागेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले नायव उपरीक्षक चौधरी आफैँ सम्पर्कमा आएको प्रतिक्रिया दिएका छन् । युवतीसँग भेटिएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले प्रारम्भिक प्रतिक्रिया दिएको छ । चौधरी सम्पर्क नभएको स्थानमा गएका कारण उनीसँग सम्पर्क नभएको भनी घट्ना लुकाउन खोजीएको बताईन्छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट कार्यालयलाई विना जानकारी सम्पर्क बिहिन हुनु र उनलाई बुढीतोलाबाट पक्राउ गर्नुले प्रहरीले सत्य घट्नालाई लुकाउन खोजेको प्रष्ट देखिन्छ । रंगेहात पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको बताईएको छ ।

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech