डीएसपी माथि छानविन समिति गठन

चौधरीको ईन्चार्ज पद खोसियो

असल शासन प्रतिनिधि

कैलाली । सम्पर्क विहिन भएको दोश्रो दिन गोदावरी नगरपालिकाको बुढीतोलामा फेला परेका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज भरतराज चौधरीको घट्ना माथि छानविन हुने भएको छ ।
चौधरी सम्पर्क विहिन भएको घट्ना संवेदनशील विषय भएको भन्दै प्रदेश प्रहरी कार्यालयले घटनाको छानविन थालेको जनाएको छ । यसरी चौधरीको घट्नाको छानविनका लागि प्रहरी उपरीक्षक दिलिप सिंह देउवाको नेतृत्वमा ४ सदस्यीय छानविन समिति गठन गरिएको छ । यसरी गठित समितिलाई ५ दिन भित्र घट्नाको सत्य तथ्य बुझि प्रतिबेदन पेश गर्न जिम्मेवारी दिईएको छ ।
उता सम्पर्क विहिन अवस्थामा रहेका डीएसपी चौधरीलाई प्रहरीले समातेसँगै उनको ईन्चार्ज पद खोसीएको छ भने उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानि आवश्यक अनुसन्धान भइरहेको बताईएको छ ।
मंगलबार राति ९ बजेपछि सम्पर्क विहिन भएका चौधरीको खोजीका लागि खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिकाको खानीडाडा स्थित एक होटलमा युवतिसँग भेटाएको बताईन्छ यद्धपी प्रहरीले यस बिषयलाई ढाकछोप गर्दै आएको छ । घट्नामा संलग्न चौधरी ईलाका प्रहरी कार्यालय मालाखेतीमा दुई महिना अघि देखि मात्रै ईन्चार्जको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech