मिडिया हाउसमा महिला माथि दुर्व्यवहार !

असल शासन प्रतिनिधि

नेपालगञ्ज/लैंङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान चलिरेहको बेला नेपालगञ्जको एक मिडिया हाउसमा महिला माथि दुर्व्यवहार भएको छ ।

नेपालगञ्ज स्थित स्थानीय एक टेलिभिजनका प्रमुखले वली थरकी महिलालाई बिहिवार साँझ दुर्व्यवहार गरेका हुन् ।

जानकारी अनुसार, उक्त टेलिभिजनमा बजार प्रतिनिधिको रुपमा काम गर्ने उनलाई आफ्नो पारिश्रमिक बुझ्न उक्त मिडिया हाउसका प्रमुखले बिहिवार साँझ बोलाएका थिए ।

केही समय काम गरि चित्त नबुझेर काम छाडेकी पीडित महिलाले भनिन्– काम गर्दाको बाँकी रकम रु. ६ हजार लिन टेलिभिजनबाट साँझ ५ बजे फोन आयो, मैले साँझ परिसक्यो, भोली आउँछु भन्दा वहाँले मान्नु भएन, म गएँ, जाँदा वहाँले उठाउनु पर्ने पैंसा बुझाएर पैंशा लैजान भन्नु भयो ।

उनले घटना बिबरण भनिन्– मैले यहि कुरा भन्नलाई फोनमैं भने पनि हुन्थ्यो, किन साँझ बोलाउनु भयो ? भन्दा वहाँले मलाई तथानाम गाली, गलौच गरेर हातपात गर्न खोज्नु भयो ।

उनले भनिन्, मेरो ईज्जत माथि प्रश्न चिन्ह खडा भएकोछ, म प्रहरीमा उजुरी गर्छु । यस बारे उक्त मिडिया हाउस प्रमुखसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

 

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech