संकुचित धारणा परिवर्तन गर्नुपर्छ–सिद्धिकी

असल शासन प्रतिनिधि

नेपालगन्ज । ईन्स्पाईरिङ्ग युथको १९८औं श्रृखलामा मुस्लिम अगुवा महिला मोहम्मदी सिद्धिकीले आफ्नो जिवनको सफलताको उत्प्रेरणात्मक सफलताको कथा युवाहरु माझ राखेका छन् ।
नेपालकै अगुवा मुस्लिम महिला तथा महिलाहरुको उत्प्रेरणाको श्रोत पूर्ब संबिधान सभा सदस्य समेत रहेका सिद्धिकीले संकुचित धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले राम्रो कामका लागि अगाडी बढेमा सफलता हासिल गर्न सकिने बताईन ।
झण्डै ३० बर्ष अगाडी तत्कालिन मुस्लिम समुदायमा महिलाहरुले घर बाहिर निश्किनु हुदैन भन्ने मान्यतालाई तोड्दै उनी केही गर्ने आटका साथ बाहिर निश्किएकी थिईन् । अनुशासन, ईमान्दारीता र निरन्तरतालाई जिवनको मूल मन्त्र बनाएर सामाजिक हुदै राजनितिक क्षेत्रमा होमिएको बताउदै पवित्र ईच्छाका साथ अगाडी बढेमा सफलता मिल्ने उनको भनाई थियो । तत्कालिन समयमा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका महिलाहरुबाट आफू उत्प्रेरित भई बाहिर निश्कने आत्मविश्वास बढेको उनको भनाई थियो । विना स्वार्थ सामाजिक सेवाको भावनाले राजनितिमा लागेको भन्दै संविधान सभाको सदस्य बनेर घरेलु हिंसा बिल पास गर्न पहल गर्ने देखि धेरै महिलालाई अगाडी बढ्न उत्प्रेरणा दिन सकेकोमा खुसी लागेको बताईन । हाल सम्म विश्वका विभिन्न देशको भ्रमण गरिसकेको बताउदै अन्य देशको तुलनामा नेपाल उत्कृष्ट रहेको उनको भनाई थियो ।
मुस्लिम समुदायका महिलाहरुमा अहिले निकै परिवर्तन आएको बताउदै अझै पनि कहि कतै महिला प्रति हेर्ने दृष्टीकोण परिवर्तन हुन नसक्नु दुःखद भएको उनको भनाई थियो । उनले अनुशासित र ईमान्दारीता पूर्बक अगाडी बढ्न युवाहरुलाई अपिल गरेका छन् । बासका हेल्पडेस्क संयोजक रबिन्द्र बोहराले कार्यक्रमको सञ्चालन गरेका थिए । बासले हरेक शुक्रबार ईन्स्पाईरिङ्ग युथ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech