७६ जिल्लामा बास

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दशैभरी शाखा बिस्तार गरी भ्रष्टाचार बिरुद्ध क्रियाशिल रहदै आएको संस्था बासको इलाममा शाखा बिस्तार भएको छ । यस अघि ७५ जिल्लामा शाखा भएको बासको इलाम शाखा बिस्तार भएसंगै बास ७६ जिल्ला पुगेको छ ।

पुर्वको इलाम जिल्लामा आज बसेको युवाहरुको भेलाले भ्रष्टाचार बिरुद्धका अभियनता दिपेन्द्र खनालको अध्यक्षतामा नौ सदस्सीय जिल्ला शाखा गठन गरेको छ । नब गठित शाखाको सदस्यमा क्रमशः विकास राई, मनिशा अधिकारी, निशा राई, यशोदा सुब्बा, डम्वर निरौला, अभिशेक पौडेल, विमल दाहाल र दिपक गुरुङ्ग चयन भएका छन् ।

भेलामा बोल्दै शाखाका नब निर्वाचित अध्यक्ष खनालले जिल्ला स्थित सुशासन चाहने युवाहरुलाई एकजुट गरि सुशासनको अभियानलाई सशक्त रुपमा अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । संस्थाको केन्द्रको मातहतमा रही जिल्लामा सुशासन प्रबद्र्धनमा शाखाले शसक्त अभियान संचालन गरेर काम गर्ने उनको भनाइ थियो । अब देशको १ वटा जिल्लामा मात्र बासको शाखा बिस्तार हुन बाँकी छ । बाँकी रहेको जिल्लामा समेत छिट्टै शाखा बिस्तार हुने बासले जनाएको छ ।

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech