हिंसा बिरुद्ध बोल्नथाले रुकुम खाराका महिला

असल शासन प्रतिनिधि

रुकुम पश्चिम/समुहमा आबद्ध भएपछि रुकुम खाराका महिलाहरु हिंसा बिरुद्ध बोल्न थालेका छन् ।
महिलाहरु एकजुट भई महिला हिंसा बिरुद्धको अभियानमा जुटेपछि त्यहाँका पुरुषहरु समेत पहिला जस्तो महिला माथी हिंसा गर्न आँट गर्दैन्न । अहिले खाराका महिलाहरु माथि हिंसा भएमा उनीहरु निर्धक्क भएर कानुनी उपचारको बाटो रोज्ने गरेको बताईन्छ । पश्चिम रुकुममा काम गर्ने महिला पुर्नस्थापना केन्द्र (ओरेक)  नामक गैर सरकारी सँस्थाले महिला माथि हुने हिंसा बिरुद्ध कानुनि सहायता दिन थालेपछि उनीहरु हिंसा बिरुद्ध बोल्न थालेको बताईन्छ ।
त्रिवेणी गाउँपालिका वडा नम्बर ४ कि २१ बर्षिया सम्झना (नाम परिवर्तित) हिंसामा परिन उनले आफू हिंसामा परेपछि कानुनी उपचारका लागि एका बिहानै महिला हिंसा बिरुद्ध परामर्श दिने संस्था महिला पुर्नस्थापना केन्द्र (ओरेक) को खारा स्थित फिल्ड कार्यालयमा पुगिन । उनले आफू माथि भएको हिंसाको बृतान्त सुनाउदै भनिन् ‘मलाई नन्दले हात समातिन्, सासुले घाँटि अटेचिन् श्रीमानले समेत लात्तिले हाने, रात रुदै छिमेकीको घरमा लुकेर काटे ।’
घरेलु हिंसाले थिचिरहेको उनको पीडा र बिलाप सुनेपछि ओरेकमा कार्यरत कार्यक्रम सुपरभाईजर करुणा रेग्मी, कृषि जेटिए अस्मिता केसी र मनोबिमर्शकर्ता झरणा बिक समेत सम्झनाको घर गईन् । कार्यालय देखि करिब १ घण्टा पैदल हिडेर गएको ओरेकको टिमको साथमा स्थानीय सरकारका महिला प्रतिनिधि पुतला सुनार पनि आईन् । ‘घरमा पुग्दा यसलाई (सम्झनालाई) काटेर फाल्छु, कसले के गर्न सक्छ ? भन्दै जंगिएका उनका श्रीमान, सासु र नन्दको व्यबहारले त्रसित बन्यौ,’ करुणा भन्छिन्, ‘परामर्श दियौ, एक एक गरेर कानूनी व्यवस्था बारे जानकारी गरायौं ।’ स्थिति सरल बनाएर जनप्रतिनिधिको रहोबरमा गल्ती नदोहर्याउने गरी मेलमिलाप गराएर फर्कियौ ।
यस्तै, सोहि ठाउँकि ३६ बर्षिया मनमाया (नाम परिवर्तित) हिंसामा परेपछि महिला हिंसा बिरुद्धको १६ दिने अभियानको उद्घाटनका दिन बुधबार फेरि यस्तो घटना नदोहोरिन सहमत गराएको संस्थाले जनाएको छ ।
संस्थाले सो क्षेत्रमा काम गर्न थालेपछि हिंसा पीडितको चाहना विपरित घट्ना सामसुम गर्ने प्रचलनमा कमी आएको ओरेकका जिल्ला कार्यक्रम अधिकृत दुर्गा बजगाँईको भनाई छ ।
महिनामा करिब पाँच ओटा महिला हिंसाका घटना खारा स्थित कार्यालयमा आउँछन् र त्यसको सौहार्दपूर्ण निरुपण गर्ने गरेको संस्थाका सुपरभाईजर करुणा रेग्मी को भनाई थियो । यस्ता हिंसाका घट्नाहरु घरमै सहमतीमा मिलाउने र मिल्न नसकेका विवादलाई स्थानीय तह तथा जिल्ला तह सम्म पठाउने गरेको संस्थाले जनाएको छ ।
त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष चन्द्रबहादुर खड्काले बिशेष गरी द्वन्द्व र हिंसा पीडित महिलाहरुलाई परामर्श, मनोविमर्श, कानूनी सहायता र जिविकोपार्जनको काममा ओरेकले प्रशंसणीय कार्य गरेको बताए ।

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech