नेपालगन्जमा ‘राजा आउ, देश बचाउ’

हिन्दु राष्ट्र र राज संस्था पूर्नस्थापनाको माग

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपाललाई हिन्दु राष्ट्र कायम गर्न आज नेपालगन्जमा बृहत मोटरसाईकल र्याली सहितको शक्ति प्रर्दशन गरिएको छ ।
देशबाट भ्रष्टाचारको अन्त्य, हिन्दु राष्ट कायम गर्न तथा राजसंस्था पूर्नस्थापनाको माग गर्दै राजसंस्था समर्थकको अगुवाईमा शक्ति प्रर्दशन गरिएको हो । हजारौंको सख्यामा र्यालीका सहभागिहरुले हिन्दु राष्ट्र र राजसंस्था पूर्नस्थापनाको माग गर्दै चर्का नारा लगाएका थिए । नेपालगन्जको बागेश्वरी मन्दिर अगाडीबाट सुरु भई सुर्खेतरोड, बिपि चौक, गणेशमान चौक, चारवाहिनी, त्रिभूवन चौक हुदै र्याली धम्बोझि चौकमा गई कोण सभामा परिणत भएको थियो ।

राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले नेतृत्व गरेको सो र्यालीको समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालको अस्मिना मेटाउन खोजिएको भन्दै त्यसलाई बचाउन आम नागरिकहरुलाई अपिल गरे । उनले अहिलेको सरकारले नेपाललाई एसियामै सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचिमा राखि विश्व सामु नेपालको सिर झुकाउने काम गरेको भन्दै सरकार प्रति रोस प्रकट गरे । भ्रष्टाचारले देशलाई खोक्रो बनाईसेको भन्दै उनले अख्यिार दूरुपयोग अनुसन्धान आयोगलाई साना मात्रै हैन ठुला भ्रष्टाचारीहरुलाई समेत कार्वाहीको दायरामा ल्याउने आट गर्न अपिल गरेका थिए । कार्यक्रममा हिन्दु समर्थक नेता तथा कार्यकर्ताहरुले बोलेका थिए ।

र्यालीमा बाँकेका विभिन्न पालिका सँगै बाहिर जिल्लाबाट समेत सहभागिहरु सहभागि भएका थिए । शक्ति प्रर्दशन हुने पूर्व कार्यतालिका अनुरुप नेपालगन्जको सुरक्षा ब्यवस्था निकै कडा पारिएको थियो । र्यालीको रुटमा बाक्लो सख्यामा सुरक्षाकर्मीहरुको तैनाथी रहेको थियो ।

  • १३ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech