मधुबनमा भाषण कला

असल शासन प्रतिनिधि

बर्दिया / भेरी बाताबरणीय बिशिष्ठता समूह (बि ग्रुप) को आयोजनामा दुई दिने सार्वजनिक भाषणकला तालिम बर्दियाको मधुबनमा सम्पन्न भएको छ ।
मंसिर १० गते देखि शुरु भएको तालिममा बिभिन्न वडाका १५ जना किशोर, किशोरीहरु सहभागि भएका थिए । तालिममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले सार्वजनिक भाषणकलाका विविध बिषयमा प्रशिक्षण दिएका थिए । भने तालिममा बाल अधिकार र बाल संरक्षण नीतिका बारेमा बि ग्रुपका मिनु चौधरीले सहजिकरण गरेकी थिईन । तालिममा बि ग्रुपका कार्यक्रम संयोजक दिनेश चौधरीको उपस्थिती रहेको थियो । तालिम पश्चात सहभागिहरुले तालिमबाट बोल्ने कलाको विकास भएको बताएका थिए ।

  • १३ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech