सिडियो र उपपमेयरले दिए प्लाज्मा

असल शासन प्रतिनिधि

नेपालगन्ज/कोरोना विरुद्ध अग्रमोर्चामा खटिरहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ् र नेपालगञ्ज उपमहानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरले शुक्रवार प्लाज्मा दान गरेका छन् ।

संक्रमितको उपचार, पीसीआर परीक्षण, आइसोलेसन वार्डको निर्माणदेखि शव व्यवस्थापनमा समेत प्रत्यक्ष संलग्न रहँदै आएका भएका बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ् र उपप्रमुख थापा मगरले शुक्रवार कोरोनाका गम्भीर बिरामीका लागि प्लाज्मा दान गरेका हुन् ।

जिल्लाको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डमा उपचार गराईरहेका ८७ जना मध्ये ३९ जनाको अवस्था जटिल रहेकाले प्लाज्मा दिनहुँ आवश्यक भईरहेको छ ।

  • १३ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech