अधिबक्ता पूर्णले दिए प्लाज्मा

असल शासन प्रतिनिधि

नेपालगन्ज/कोरोनाका गम्भिर प्रकृतिका एक बिरामीलाई नेपालगञ्जका कानुन व्यवसायी अधिबक्ता पूर्ण ढकालले शनिवार प्लाज्मा दान गरेका छन् ।

सामाजिक कार्यमा सधैं अग्रसर रहने पत्रकार पृष्ठभुमीका कानुन व्यवसायी ढकालले नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार केन्द्रमा प्लाज्मा दान गरेका हुन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डमा उपचार गराईरहेका ए पोजिटिभ रक्त समूहका कोरोना संक्रमितका लागि आफुले प्लाज्मा दान गरेको ढकालले बताए ।

  • १३ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech