फराकिलो मतान्तरसहित जिल्ला बार बाँकेमा शाही निर्वाचित

असल शासन प्रतिनिधि

नेपालगन्ज– प्रतिद्वन्द्वदी उम्मेदवार घनश्याम पराजुलीलाई १८ मतले पछि पार्दै बाँके जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा जनक बहादुर शाही निर्वाचित भएका छन् । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का उम्मेदवार शाहीले २६ मत ल्याएका थिए भने पराजुलीले ८ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा पुनम श्रेष्ठ, सचिवमा गणेशप्रसाद थारु र कोषाध्यक्षमा डा. कौशलकुमार वर्मा निर्विरोध भएका छन् भने सदस्यमा क्रमशः किशोर बहादुर थापा, मिरा ददेल, जय प्रसाद पौडेल, कृष्ण कुमार श्रेष्ठ, अकबर अलि इद्रिसी, राजेन्द्र प्रसाद शर्मा र रामनाथ साहु निर्वाचित भएको निर्वाचन अधिकृत केवलसिंह थारुले जानकारी दिए ।

निर्वाचन अध्यक्ष पदका लागि मात्र भएको थियो ।

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech