आज देखि खुल्दै अधिकांस बिद्यालय

सुरक्षा मापदण्ड चुनौती

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोरोना जोखिमका कारण लामो समय देखि बन्द रहेका अधिकांस शैक्षिक संस्था आज देखि खुल्न थालेका छन् ।
नेपाल सरकारले बिद्यालय सञ्चालन सम्बन्धी मापदण्ड तयार गरि बिद्यालय सञ्चालन गर्ने अधिकार स्थानिय तहलाई दिएसँगै बिद्यालयहरु खुल्न थालेका हुन । बाँकेमा आज देखि अधिकांस शैक्षिक संस्था सञ्चालनमा आउने भएका छन् । स्थानीय तहसँगको समन्वयमा बिद्यालयहरुले अभिभावक बैठक गरि स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार बिद्यालय सञ्चालन गर्ने सहमति भएसँगै बिद्यालयहरु खोल्न स्थानीय सरकारले अनुमति दिएको छ । झण्डै ७ महिना पछि बिद्यालय सञ्चालनमा आएसँगै यस बर्षको शैक्षिक सत्रलाई कसरी लैजाने भन्नै गृहकार्यमा बिद्यालय जुटेको बताईन्छ । नेपाल सरकार तथा स्थानीय तहले तयार गरेको शैक्षिक संस्था सञ्चालन मापदण्डलाई पूर्ण पालना गर्नुपर्ने बिद्यालयहरुलाई परिपत्र भई सकेकोछ ।
लामो समय बिद्यालय बन्द रहेर अप्ठेरोमा परेका बिद्यालयहरुले शैक्षिक संस्था खोल्ने निर्णय गरेपनि सरकारले जारी गरेको मापदण्ड अनुसार ब्यवस्थापनमा भने चुनौती हुने देखिन्छ । पर्याप्त भौतिक संरचनाको अभाव, जनशक्तिको अप्रयाप्तता लगायतका कारण सो मापदण्ड अनुसार सञ्चान गर्न अप्ठेरो पर्ने जानकारहरु बताउछन् । बाँके जिल्लामा बिद्यालय खुलेसँगै बिद्यार्थीहरुलाई जोखिम भने बढ्ने देखिन्छ । बिद्यालयमा बिद्यार्थी लाई कुनै संक्रमण देखिएमा त्यसको उपचारको जिम्मेवारी कसले लिने भन्ने बारेमा ठोस निर्णय भएको देखिदैन जसका कारण अभिभावक बालवालिकालाई निर्धक्कका साथ बिद्यालय पठाउन अझै पनि संसकित रहेको अभिावकहरु बताउछन् ।
बाँकेको नैरैनापुर गाँउपालिकाले मंसिर १४ देखि बिद्यालय सञ्चालन गर्ने यस अघि नै निर्णय गरिसकेको छ भने अन्य पालिकामा समेत बिद्यालयहरु आज देखि सञ्चालनमा आएका छन् । नरैनापुर गाँउपालिकाले बिद्यालयको अवस्था नियमति अनुगमन गर्ने गरि गाँउपालिका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबको नेतृत्वमा निरिक्षण समेत गठन गर्ने जनाएको छ ।
गत चैत्र ११ गते देखि नेपालमा समेत कोरोना संक्रमणको जोखिम बढेसँगै नेपालमा शैक्षिक सस्थाहरु बन्द गरिएका थिए । कोरोना सक्रमणको जोखिमका बिच सञ्चालन भएका शैक्षिक संस्थाहरुका कारण थप सक्रमण नफैलियोस भन्नका लागि स्थानिय तहले बिद्यालयहरुको नियमति रुपमा अनुगमन, निरिक्षण गर्न जरुरी छ ।

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech