गजल

अन्जु स्मारिका

माटो जस्तै अग्लो सगरमाथा मलाई प्यारो
अरु छोड्नुस् मानवताको नाता मलाइ प्यारो

उपल्लो डोल्पाको दृश्य देखिरहन्छु आखाँमा
तिमी भन्छौ सिहंदरबारको हाता मलाई प्यारो

जाडो देखि छेक्छ, धुपमा पनि बचाइरहन्छ
बूढो पिपल जस्तो बा को छाता मलाई प्यारो

मान्छेहरु नगदको हिसाब खुब गरिरहन्छन्
उधारो सबै जिन्दगीको खाता मलाई प्यारो

निधारमा पसिना अनि हत्केलामा ठेलाहरु
मिश्रण गरिदिने त्यो विधाता मलाई प्यारो ।

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech